मध्यरातबाट पेट्रोलियम पद्धार्थको मुल्य कति हुन्छ ?

काठमाडौं,१९ बैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ भने डिजेल र मटितेलमा १–१ रुपैयाँ मूल्य बढेको छ । वृद्धि भएको मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा भएको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ ।

पछिल्लो दुई सातामा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here