काठमाडौं,२ जेठ–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । १५ दिन अघि मात्रै मूल्य बढाएको निगमले पुन: पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
आज राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि सोही अनुसार समायोजना गरिएको गोइतले बताउनुभयो । एलपिजि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ । पछिल्लो पटक मूल्य बढेसँगै निगमको अर्धबार्षिक नाफा/घाटा शुन्य हुने प्रबक्ता गोइतले जानकारी दिनुभयो ।

