मध्यउपत्यका नगर यातायातको रुट थाहा पाइराखौं

काठमाडाैं, ८ माघ – मध्यउपत्यका नगर यातायात सेवा समितिले २०७४ मंसिर २८ गतेबाट ठूला बस सञ्चालनमा ल्याएको छ । यो समितिका सिल्भर रङका १३ वटा बस छन् ।

उक्त बसमा चालकसहित ३९ वटा सिट रहेका छन् । यो यातायातले भक्तपुरबाट कोटेश्वर, गौशाला, नारायणगोपाल चोक, स्वयम्भू हुँदै कंलकीसम्म सेवा दिन थालेको छ। अशक्त, महिला र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै सिटको व्यवस्था रहेको छ । बसमा मनोरञ्जनका लागि टीभीको सुविधा छ ।

सहज रूपमा यात्रु उक्लन र ओर्लन बसमा सेमी–लो–फ्लोर ढोकाको व्यवस्था रहेको समितिका कोषाध्यक्ष सुरेश खत्रीले बताउनुभयाे । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उक्त नगर बसले यात्रुलाई सेवा दिँदै आएको छ। मध्यउपत्यका यातायातको भाडा १३ रुपैयाँबाट सुरु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here