मधेशी मोर्चा र संघीय गठबन्धनद्धारा आन्दोलनका कार्यक्रम घोषणा, बन्ददेखि आम हडताल सम्म

काठमाडौं– मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्द सम्मका कार्यक्रम घोषणा गरिएका छन् ।
गठबन्धनले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको हो । मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने जनाएको छ ।
बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम गर्ने जनाएको छ । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने मोर्चाको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here