मधेशी मोर्चा निर्वाचनमा आउनुको विकल्प छैन– परराष्ट्रमन्त्री महत

काठमाडौं, ९ बैशाख– परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले मधेशी मोर्चा स्थानीय निकायको निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वैशाख ३१ गते हुने चुनावमा मधेस केन्द्रितदलले सहभागिता जनाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । जनताको मागलाई ध्यानमा राख्दै मधेशी दलहरु सहमतिमा आउनुपर्ने र चुनावमा भागलिई अधिकार स्थापित गर्नुपर्नपे सुझाव व्यक्त गर्नुभयो ।
आज चितवनमा पत्रकारसंग कुरागर्दै मन्त्री महतले सरकारले मधेस केन्द्रित दलसँगको छलफललाई तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने बताउनुभयो ।
सरकारले ती दलको माग पूरा गर्न परिमार्जन सहितको संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै निर्वाचनका लागि सबै तयारी भइरहेको बताउनुभयो । उहाँले राष्ट्रपतिको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here