मधेशमा मदिरा र पैसाले प्रभाव पार्दैन-अध्यक्ष पुष्पकमल दाहाल

सिन्धुली, २६ भदौं–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसको चुनावमा माओवादी अन्य पार्टीभन्दा कम नरहेको बताउनुभयो ।

आज सिन्धुलीमा पत्रकारहरुसँग अध्यक्ष दाहालले तराईको चुनावमा पैसा र मदिराले प्रभाव नपार्ने बताउनु भयो । पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटिएको बताउनुभयो ।

भारतसँग सिमाना जोडिएको सर्लाहीको क्षेत्रमा जाँदा सधैं बुथ कब्जा हुने गरेको पाइएको समेत उहाँले जानकारी गराउनुभयो । निर्वाचनमा बुथ कब्जा रोक्न आफुले गृहमन्त्रीलाई आग्रह गरेको बताउनु भयो ।

कव्जा नभएको बुथबाट कस्तो परिणाम आउँदो रहेछ भन्ने आफुले हेर्न चाहेको अध्यक्ष दाहालको भनाई छ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि प्रदेश र संघको चुनाव हुने र संविधान पुर्णरुपले कार्यान्वयन हुने धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here