मधेशमा जालझेल, षडयन्त्र र धम्कीको राजनीति चल्दैनः महतो

जनकपुर,२९ मंसिर–  राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपाली कांग्रेसले मधेशमा जालझेल, षडयन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता महतोले जनतालाई झुटो मुद्दा लगाउने लगायतका धम्की नदिन पनि कांग्रेसलाई चेतावनी दिनुभयो ।

आज जनकपुरमा स्थानीय संचारकर्मीमाझ उहाँले कांग्रेसले निर्वाचनयता जनकपुरमा जनतालाई झुटा मुद्दा लगाउने लगायतका धम्कीको राजनीतिक गरिरहेको भन्दै तत्काल त्यस्ता गतिविधि छाडेर स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन आग्रह गर्नुभयो । नेता महतोले मधेशमा जालझेल र षडयन्त्रको राजनीति गरेकाले कांग्रेसले निर्वाचनमा पराजय व्यहोर्नु परेको दाबी गर्नुभयो ।

मधेशका जनताले मधेश विरोधी गतिविधिमा संलग्न रहेकै कारण ३ ठूला दललाई निर्वाचनमार्फत पराजित गरिदिएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here