मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट चित्रकार हरिप्रसाद शर्मा सम्मानित

काठमाडौँ, १४ असार । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा आज सम्मानित हुनुभएको छ ।

जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ ।

फाउण्डेशनले प्रदान गरेको उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन इतिहास, जनजीवन, धर्म र संस्कृति उजागर गरेवापत प्रदान गरिएको हो । लिच्छविकालदेखि काठमाडौँ उपत्यकाका सामाजिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने विषय चित्रकलाका माध्यमबाट प्रकाशन गरी शर्माले उल्लेखनीय योगदान गर्नुभएको छ । अंशुवर्माको कैलाशकूट दरबार, सिद्धार्थ, अरनिकोको चीन बिदाइ, पृथ्वीनारायण शाहले कुमारीका हातबाट ग्रहण गरेको टीका जस्ता विषय ती कलामा पाइन्छन् ।

फाउण्डेशनले हरेक वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here