मत्स्येन्द्रनाथको जात्रा सुरु

काठमाडौं, १७ बैशाख– रातो मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुदँैछ । जात्राको सम्पूर्ण तयारी पूरा भईसकेको गुठी संस्थान ललितपुरले जनाएको छ ।
हिजो पुलचोकमा रथअघि ललितपुरका तत्कालिन राजा सिद्धिनरसिहका सन्तान भनिने टंगलका मल्लहरुले मत्स्येन्द्रनाथका तर्फबाट गाई दान गरेका थिए ।
जात्रा निविघ्न सम्पन्न हो, भन्ने कामनासहित अक्षय तृतीयको दिन गाई दिन गर्ने प्रचलन गरेको छ । जात्राको पहिलो दिन आज रथलाई बाजागाजाका साथ पुल्चोकबाट गाःबहालमा पु¥याईनेछ ।
उक्त अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पु¥याईछ । पुल्चोकमा रथारोहणसँगै सुरु भएको जात्रा जावलाखेलमा भोटो देखाई मत्स्येन्द्रनाथको सानो खटमा राखी बुङमती पु¥याएपछि सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here