मतदान गर्ने वातावरण निर्माण गर्न मतदान अधिकृतहरुलाई आयोगको पुनः निर्देशन

काठमाडौं,१५ मंसिर– निर्वाचन आयोगले आम मतदातालाई निर्भयताका साथ मतदान गर्ने वातावरण निर्माण गर्न मतदान अधिकृतहरुलाई पुनः निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान केन्द्र भित्र आम मतदातालाई सहज, सरल र निर्भयताका साथ मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतहरुलाई पुनः सचेत गराउनु भएको हो ।

उहाँले मतदानस्थल भित्र प्रवेश गरेका मतदातालाई निर्भयताका साथ मत हाल्ने वातावरण बनाउने आधारभूत दायित्व मतदान अधिकृतहरुको भएको पनि बताउनु भयो । आज ललितपुरमा मतदात अधिकृतहरुलाई प्रशिक्षण दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन कानुन, नियमावली र निर्देशिका अनुसार अनुशासित भएर मतदान सम्पन्न गर्ने आफ्नो दायित्व पूरा गर्न पनि मतदान अधिकृतहरुलाई निर्देशन दिनु भयो ।

निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले अव निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्ने मुख्य जिम्मेवारी सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको भएको पनि स्पष्ट पार्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here