मतदान केन्द्रमा बम विस्फोट,६ जना घाइते

नवलपरासी,२१ मंसिर–  मतदान चलिरहँदा नवलपरासीका २ छुट्छुटै मतदान केन्द्रमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बर्दघाट नगरपालिका र देबचुली नगरपालिकाका २ वटा विद्यालयका मतदान केन्द्रमा बम विस्फोट भएको हो । बर्दघाट नगरपालिकाको राजामहात्मा माध्यमिक विद्यालयको हातामा बम विस्फोट हुदा ५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
यस्तै नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ गैडीमा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा बम विस्फोट हुँदा एक मतदाता घाइते भएका छन् ।

बिहान साढे १० बजे मतदान भइरहँदा भएको विस्फोटमा परेर स्थानीय इन्द्र बहादुर नेपाली घाइते भएका छन् । उनको अवस्था खतरामुक्त छ । मत खसाल्ने स्थलमा रहेको धुपीको बोटमा बम विस्फोट भएको हो । विस्फोटपछि एकघण्टा मतदान प्रकृया रोकिएर फेरी मतदान सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here