मतदाता शिक्षा सबैको घरमाः निर्वाचन आयोग

काठमाडौं,११ कार्तिक–  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मतको सङख्या कम गराउन विशेष जोड दिएको जनाएको छ ।
स्थानीय तहको चुनाबमा बदर मतसङख्या भेरै भएको र गाउँगाउँसम्म मतदाता शिक्षाको कार्यक्रम नपुगेको भन्दै आलोचना भएपछि निर्वाचन आयोग यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको हो ।
मतदाता शिक्षा कार्यक्रमका लागि खटिएका मतदाता स्वयंसेवकहरुको नियुक्ति शुरु हुने र १५ गते बाट मतदाता शिक्षकहरु गाउँगाउँमा खटिने गरि कार्यतालिका तयार पारिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मतदाता शिक्षाका लागि २० हजार कर्मचारी गाउँगाउँमा खटिएका छन् ।  यस्तै आयोगले राजनितिक दलका कार्यकर्तालाई पनि मतदाता शिक्षा सम्बन्धि तालिम दिएर घरघरसम्म पुग्ने गरी खटाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here