मतदाता परिचयपत्र वितरण भोली सम्म

काठमाडौं,३१ भदौैं–  तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजपनि मतदाता परिचयपत्र वितरण गर्दै छ ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् मतदाता परिचयपत्र भोलीसम्म वितरण गरीने छ ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६२७ प्रतिनिधिको चयन हुने छ । प्रदेश नं २ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here