काठमाडौं, १ असोज– भोलीहुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहका मतदातालाई आजपनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा प्रदान गरिदैछ ।
मतदाता परिचयपत्र वितरणसंगै सही तरिकाले मतसङ्केत गर्न पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालल जानकारी दिनुभयो ।
मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउनेलाई मत संकेत गर्न सिकाइरहेको उहाँले बताउनुभयो ।
अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ ।
मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र ५ दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने तयारी अघि बढाइएको आयोगले जनाएको छ ।

