मतदाता नामावली संकलन अवधि तीन दिन थपियो

काठमाडौं, ३२ साउन– निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि ३ दिन थप गरेको छ । सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुमा नामावली संकलन गर्न ३ दिनको म्याद थप गरिएको हो ।

यसअघि निर्वाचन आयोगले आजसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता, संकलन गर्ने निर्णय गरेको थियो ।

तर मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या अधिकांश जिल्लामा अझैपनि धेरै बाँकी रहेको म्याद थप गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले आगामी भदौ ३ गतेसम्म समय बढाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here