मकैबारीमा मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा

काभ्रे, २२ भदौं– काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा गत मंगलबार वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ। बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई छ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो।  

प्रहरीले बलात्कारमा संलग्न ६ जनालाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। तत्कालीन भुम्लु गाविसका ३ का गोपाल परिवार, धुलिखेल नगरपालिका ७ का साधुराम विक, नमोबुद्ध नगरपालिकाका महेश परियार, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १४ का सिताराम थापा, रामेछाप लखनौऊ १ का प्रकाश परियार र काभ्रे नाग्रेगगर्चेका दिलबहादुर प्रधानले पालैपालो बलात्कार गर्दा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

अभियुक्तहरुले प्रहरीसँगको बयानमा रक्सी खाएकाले अवस्थामा उक्त घटना भएको बताएका छन्। मंगलबार विहान स्थानीहरुले बाटो हिँड्ने क्रममा मकै बारीको बीचमा शव देखेसंगै प्रहरीलाई खबर गरेका थिए।

मृतक महिलाको शव नजिक फुटेका चुरा, चप्पल, गाम्सा र पटुका फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए। काभ्रेमा भूकम्पछि चार वटा सामुहिक लात्कार, दुई बलात्कारपछि हत्या र दुई बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन्। आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here