मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा

काठमाडौं,१९ मंसिर–  निर्वाचन आयोग निर्वाचन आयोगले विहिबार हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दोसो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री र जनशक्तिको व्यवस्थापनको काम भईसकेको जानकारी दिनु भएको हो । आज काठमाडौमा आयोजित कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता विपरित काम गर्ने उम्मेदवारहरुलाई सचेत पार्ने काम भईरहेको पनि जानकारी दिनु भयो ।

विहिबार ४५ वटा जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले सबै मतदान केन्द्रमा निर्वाचनको व्यवस्थापकीय काम पूरा भईसकेको पनि बताउनु भएको छ ।

उहाँले सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरणको काम पनि सुरु गरिएको बताउनु भयो । निर्वाचन आयोगले मौन अवधि भित्र मतदातालाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि गरे कडा कार्वाही हुने चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here