26.1 C
Kathmandu
Friday, June 9, 2023
Home Flash News मंसिर १० बाट ५० करोड रुपैयाँको बैदेशीक रोजगार बचत पत्र

मंसिर १० बाट ५० करोड रुपैयाँको बैदेशीक रोजगार बचत पत्र

काठमाण्डाैं, ५ मंसिर । राष्ट्र बैंकले मंसिर १० गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशीक रोजगार बचत पत्र जारी गर्ने भएको छ ।

बैदेशीक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) यस्तो बचत पत्र किन्न सक्नेछ ।

उनीहरुका परिवार (बुबा, आमा, श्रीमान, श्रीमति र छोराछारी) ले समेत बचत पत्र किन्न पाउने भएका छन् । बचत पत्रको बिक्री मंसिर २९ गतेसम्म चल्नेछ ।

बचत पत्र खरिद गर्दा कम्तिमा पाँच हजार रुपैयाँ र बढिमा पाँच हजारले भाग गर्न सकिने रकमको आधार लगानी गर्न सकिने व्यवस्था छ ।

नेपालमा सिटिजन्स, एनएमबी, नबिल, माछापुच्र्छे, प्रभु, सनराइज,सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्सियल बैंकमार्फत खरिद गर्न सकिन्छ । त्यस्तै, प्रभु मनि ट्रान्सफर, सिटी एक्सपे्रस, आईएमई लिमिटेड, सेवा रेमिट समेतबाट खरिद गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Shares