भ्रातृ संगठनको एकता टुंगोमा पुर्याउन नेकपाले शीर्ष तहबाटै पहल थाल्ने

काठमाडौं,२३ साउनःनेपाल कम्युनिष्ट पार्टी नेकपाले भ्रातृ संगठनको संगठनात्मक एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शीर्ष तहबाटै पहल थाल्ने निर्णय गरेको छ ।

आज बिहान बसेको सचिवालय बैठकले कार्यदलको सुझावलाई आधार मान्दै भ्रातृ र शुभेच्छुक संगठनको एकता अघि बढाउने निर्णय गरेको हो ।  तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे २ महिना बितिसक्दा पनि पार्टी भ्रातृ संगठनबीचको एकता प्रक्रिया अन्यौलमा परेपछि नेकपाले एकता पक्रिया चाडै टुंग्याउने निर्णय गरेको हो ।

त्यसको स्पष्ट खाका बनाउन भोलि दिउँसो २ बजे पुन: बैठक बस्ने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनैतिक र अन्तर्राष्ट्रिय सम्बन्धका बिषयमा ब्रिफिङ पनि गर्नुभएको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच गत जेठ ४ गते पार्टी एकता भएपनि जनवर्गीय तथा भ्रातृ संगठनको एकता प्रक्रिया भने कार्यविधि र नियमावली अभावमा रोकिएको थियो । केन्द्रदेखि स्थानीय तहसम्मको एकता भदौको पहिलो साताभित्र सक्ने गरी तयारी भइरहेको नेकपाले जनाएको छ ।

त्यसका लागि तल्लो तहबाट सुझाव मागेको र सोही सुझावका आधारमा एकता गरिने नेताहरुले बताएका छन् । तत्कालिन दुई दलका बुद्धिजिवी संगठनबीच अघिल्लो साता एकता भएपनि २१ भ्रातृ संगठनबीचको एकता भने अघि बढ्न सकेको  छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here