भोलिदेखि काठमाडौँमा हुने ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन तयारी पुरा, १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदै

काठमाडौँ, २८ जेठ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ ।

चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसक्नुभएको छ ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष खुला बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष महिला कल्पना अधिकारी, उपाध्यक्ष सेवा शंकर लामिछाने, उपाध्यक्ष उत्पादन युवराज लामा, उपाध्यक्ष अनौपचारिक नूर महम्मद रैन हुनुहुन्छ ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव खुला जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव महिला कमला लामिछाने, उपमहासचिव सेवा रञ्जन थापा, उपमहासचिव उत्पादन धीरेन्द्र सिंह, उपमहासचिव अनौपचारिक आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई हुनुहुन्छ ।

आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष खुला तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष महिला इन्दिरा सापकोटा, उपाध्यक्ष सेवा नेत्रविक्रम थापा, उपाध्यक्ष उत्पादन ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष अनौपचारिक आशा सिंह राठौर हुनुहुन्छ ।

यसैगरी महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव खुल्ला गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव महिला राधिका कुँइकेल, उपमहासचिव सेवा सीताराम अवस्थी, उपमहासचिव उत्पादन ईश्वर परियार, उपमहासचिव अनौपचारिक राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवारी दिँदै हुनुहुन्छ ।

ट्रेड युनियनको छैटौँ महाधिवेशनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here