भेनेजुयलाको राष्ट्रिय परिषदमा हंगामा

एजेन्सी– भेनेजुयलामा विपक्षीहरुको बहुमत रहेको राष्ट्रिय परिषदमा सरकार समर्थकहरुले घुसपैठ गरी हंगामा मच्चाएका छन् ।
त्यस क्रममा केही सांसद र पत्रकार घाइते भएका छन् । स्वतन्त्रता दिवसका अवसर पारेर राष्ट्रिय परिषद्को विशेष सत्रपछि सरकार समर्थकहरु प्रवेश गरी हंगामा मच्चाएका हुन् ।
परिषद्को परिसरमा लाठीसहित प्रवेश गरेका प्रदर्शनकारीले सांसद र पत्रकारहरुमाथि कुटपिट गरेका हुन् । त्यस क्रममा केही सांसदलाई गम्भीर चोट लागेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुले आक्रमणमा विपक्षी दलका उपनेता अमेरिको डे ग्राजियासहित आठ जना घाइते भएको जनाएका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति निकोला मादुरोले राजधानी काराकासमा भएका कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रिय परिषद्मा हिंसात्मक आक्रमण भएको हो । राष्ट्रपति मादुरोले हिंसाको निन्दा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here