भेनेजुएलाका राष्ट्रपति मडुरोको कडा भनाई

एजेन्सी– भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले भलेन्सिया नगरको सेनाको अखडामा गरिएको आक्रमणपछि पक्राउ गरिएका संदिग्ध व्यक्तिहरुमाथि कडा कारबाही गर्नु पर्ने बताएका छन् ।
मडुरोका अनुसार सो आक्रमणमा संलग्न एकजना पूर्व सैनिक अधिकारी हुन भने बाँकी गैरसैनिक थिए । उनले ती गैरसैनिक व्यक्ति “भाडाका सिपाही“ भएकोसमेत बताएका छन् ।
आक्रमणमा संलग्न एक जना घाइते भएका छन् भने दुई जना आक्रमणका बेला मारिएका थिए । आक्रमणमा संलग्न भएका संदिग्धहरुलाई पक्राउ गरी कराकास ल्याइएको र उनीहरुसँग घटनबारे सोधपुछ भइरहेको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रपति मडुरो नेतृत्वको सरकारविरुद्ध भेनेजुएलामा केही महिनाअघि देखि नै प्रदर्शनहरु भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here