भूकम्पमा मृत्यु भएका ३२ को अझै सनाखत भएन

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी  मृत्यु भएका ३२ जनाको सनाखत हुन अझै बाँकी छ ।  ३२ शव त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा गाडिएको छ ।

सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा. हरिहर वस्तीले बताए । कुनै पनि समयमा आफन्तहरू शव खोज्न आए दिन मिल्ने गरी गाडिएको उनको भनाइ छ ।

‘भूकम्प आएपछि महिनौँसम्म विभागभित्र छिरिसक्नु थिएन । जताततै शव थिए । विभागवरिपरि दुर्गन्धित थियो,’ डा. वस्तीले भने, ‘सनाखत हुन नसकेका शव व्यवस्थापन गर्न कठिनाइ भएका कारण भुकम्प गएको लगभग ११ महिनापछि अर्थात चैत ५ गते व्यवस्थित रूपले गाडिएको हो ।’

विभाग अगाडिको खाली आठ आना जग्गाको एक छेउमा अंग्रेजी अक्षरको एल आकारमा ३२ शव गाडिएको डा. वस्तीले जानकारी दिए । उनले भने, ‘आठ आना जग्गाको उत्तर पट्टीको छेउमा हालसम्म शवहरू नगाडेको स्थान थियो । दश जना मजदुरलाई तीन दिन सम्म खाडल खन्न लगाएर शव गाडिएको छ । शव गाड्दा एकले अर्को शव %