भूकम्पपीडितले भनेःहामीले राहत कहिले पाउने ?

स्याङजा, २३ असोज: भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् ।

वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको बताउनुहुन्छ । रेग्मीलाई जस्तै वालिङ नगरपालिका–१२ का हुमनाथ पराजुलीलाई पनि राहत नपाउँदा समस्या भएको छ ।

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३३३ रहेको छ । आठ हजार ७६६ को पूर्ण क्षति तथा ५६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयले जनाएको छ । पाँच सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छ्रैनन् ।

कार्यालयका प्रमुख प्रविन ढकाल केही लाभग्राहीले सम्झौता नगरेको र केहीको नम्बर जुधेका कारण समस्या भएको बताउनुहुन्छ । उहाँले पहिलो किस्ता नपाएका लाभग्राहीलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here