भुटानी शरणार्थी शिविरमा आगलागी

web photo

झापा,२५ फागुनःझापाको दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आज (शुक्रबार) साँझ आगलागी भएको छ । आगलागीका कारण ८ वटा छाप्रामा क्षति पुगेको छ । आगोले तीन वटा छाप्रा जलेर नष्ट भएको छ भने अन्य ५ वटा छाप्रा भत्काइएको छ ।

भुटानी शरणार्थी दीलिप राईका अनुसार बमबहादुर गुरुङ्गको बेलडाँगी २ सेक्टर ई–वान हट नम्बर ५० र ५१ तथा विशाल गुरुङ्गको हट नम्बर ६० को छाप्रा पूर्णरुपमा जलेर नष्ट भएको हो । राईकाअनुसार आगो नियन्त्रणमा लिन नजिकैका अन्य ५ वटा छाप्रा भत्काउनु परेको हो ।

साँझ पौने ७ बजे आगलागी सुरु भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षति तथा घटनाको पूर्ण विवरण लिने काम भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here