इलाम, १६ जेठ- भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । माई नगरपालिका– १० स्थित राँगापानी बस्ने लालबहादुर तामाङको मृत्यु भएको हो ।
मंगलबार राति मादक पदार्थ सेवन गरी घरबाट निस्केका तामाङ आज अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा मृत भएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
मृतकको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइँदै गरेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मंगलबार सोही नगरपालिकामा रुखले किचेर एक व्यक्तिको मृत्यु भएको थियो ।

