भिरबाट लडेर एक महिलाको मृत्यु

file photo

रुकुम, ८ फागुन- रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । नगरपालिका–१ की ६० वर्षीया जयमती बोहाराको भिरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा चराउन गाउँ नजिकैको स्थानीय सानाखाल्टे जंगलमा गएकी बोहरा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । घाइते बोहरालाई घर पु¥याएलगत्तै उहाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here