धनुषा, १६ असार- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनुभएको छ ।
भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी नीति ल्याउने बताउनुभयो ।
प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो । “मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छांै, उहाँले भन्नुभयो”, “मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।”

