भारत भ्रमणको विषयमा प्रधानमन्त्री छलफलमा व्यस्त

काठमाडौं,१९ चैत । भारत भ्रमणको मिति नजिकिएसंगै प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा व्यस्त हुनुभएको छ । यही चैत २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लाग्नुभएका प्रधानमन्त्री ओलीले भ्रमण दलमा सहभागी सदस्य, भ्रमणका एजेन्डा, भारतमा रहदा हुने छलफल लगायतका विषयमा तयारी गर्न आन्तरिक छलफलमा जुट्नु भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
सरकारी स्रोतका अनुसार भने भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने जनाएको छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने बुझिएको छ ।
त्यो भन्दा अलवा प्रधानमन्त्री ओली भ्रमण अघि एमाले माओवादी पार्टी एकताको संन्देश दिन आन्तरिक गृहकार्यमा पनि जुट्नुभएको छ । दुबै पार्टीका अध्यक्षबीच पछिल्लो समय यो विषयमा पनि छलफल भइरहेको उहाँको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here