भारत भ्रमणका उपलव्धीबारे प्रधानमन्त्रीले सत्तारुढ र मन्त्रीहरु छलफल गर्दै

काठमाडौं,२६ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका उपलब्धिबारे आज सत्तारुढ दल र मन्त्रीहरुलाई जानकारी गराउनु हुने भएको छ ।

आफ्नो तीनदिने भ्रमणका क्रममा भएका छलफल र त्यसको उपलब्धिबारे प्रधानमन्त्री ओलीले आज सत्तारुढ दल र मन्त्रीहरुलाई छुट्टा–छुट्टै जानकारी गराउन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाइएको छ । उक्त छलफलमा भारतसँग भएको सहमतिको कार्यान्वयनमा जुट्न मन्त्रीलाई निर्देशन दिनुहुने बुझिएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित एमालेका शीर्ष नेताहरुसँग पनि छलफल गर्दै हुनुहुन्छ । छलफलमा पार्टी एकताका विषयमा पनि कुराकानी हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

आगामी बैशाख ९ गतेभित्र पार्टी एकता गर्ने सहमति भईसकेकाले विवादित केही विषयमा आजैबाट छलफल हुने रिमालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here