भारत–पाकिस्तान सिमामा गोली चल्यो

एजेन्सी– भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा ७ जनाको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा भएको गोली हानाहानमा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित ४ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

एक वर्षअघि भारत प्रशासित काश्मिरमा एक कमाण्डरको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यहा तनाव भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here