काठमाडौं,१३ चैत । भारतीय विदेशमन्त्री विजय कुमार गोखले दुई दिने नेपाल भ्रमणका लागि भोली काठमाडौं आउने हुनुभएको छ ।
समकक्षी परराष्ट्र सचिव शंकरदास वैरागीको निमन्त्रणामा गोखले नेपाल आउन लागेको बताइएको छ । गोखलेले नेपाल बसाइका क्रममा अरुण तेस्रो, पेट्रोलियम पाइपलाइन र रेलवे लगायतका विषयमा छलफल र वार्ता गर्ने परराष्ट्र स्रोतले जनाएको छ ।
नेपाल बसाइका क्रममा गोखलले प्रधामन्त्री केपी शर्मा ओली लगायत उच्च राजनीतिक दलका व्यक्तित्वहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

