भारतीय वित्तमन्त्री जेट्ली फर्कदै, के भयो नेपाल बसाइमा ?

काठमाडौं, २० फागुन– लगानी सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतीय वित्तमन्त्री अरुण जेट्ली आज स्वदेश फर्कदै हुनुहुन्छ ।

जेट्ली विहान ११ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । त्यसअघि उहाँले पशुपतिनाथको दर्शन गर्नुहुने छ । प्रमूख वक्ताको रुपमा लगानी सम्मेलनमा आउनुभएका उहाँले हिजो साँझ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारतवीच व्यापार घाटा बढिरहेको विषयमा छलफल गर्नुभएको थियो ।

भारतिय वित्तमन्त्री जेट्लीले नेपालले व्यपार घाटा घटाउन आयात घटाउनु पर्ने र आफ्नै देशमा उद्योगधन्दा एवं कलकारखाना खोल्नु पर्ने सुझाव दिनुभयो । द्वीपक्षीय भेटमा अर्थमन्त्री महराले भारु नोटको समस्याका विषयमा पनि कुरा उठाउनुभएको थियो । नेपालमा २५ हजार भारुसम्म राख्न पाउने नियम रहेको छ ।

भारतमा नोटबन्दी लागू भएपछि नेपालीसँग रहेको पुराना ५ सय र हजारका नोट साट्न समस्या नरहेको भारतीय वित्तमन्त्री जेट्लीले बताउनुभयो । तर, नेपालले पाउने यो सुविधाको दुरुपयोग हुने डर भारतलाई रहेको जेट्लीको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here