भारतीय महिलाको साथबाट १ लाख अमेरिकी डलर बरामद

काठमाडौं,२७ बैशाख:काठमाडौंबाट भारतको मुम्बइ जान लागेकी एक भारतीय महिलाको साथबाट विमानस्थल प्रहरीले १ लाख अमेरिकी डलर बरामद गरेको छ।

आज एक बजे नेपाल एयरलाइन्सबाट मुम्बइ जान लागेकी ४४ वर्षकी बन्दना धनश्याम सोनीको साथबाट १ लाख अमेरिकी डलर बरामद गरिएको विमानस्थल प्रहरीका एसएसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

लुकाइ छिपाइ लैजान लागेको अवस्थामा चेक गर्दा सो डलर बरामद भएको बताउनुभयो । सोनीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा प्रहरीले बुझाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here