भारतीय प्रहरीले पक्राउ गरिएका यादवलाई छुटाउन सरकारद्धारा पहल शुरु

काठमाडौं, १६ असोज– भारतीय प्रहरीले पक्राउ गरि अपहरणको मुद्दा चलाएका सप्तरीको कोइलाडी तिलाडीका देवनारायण यादवलाई छुटाउन सरकारले पहल शुरु गरेको छ ।
गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयलाई निर्देशन दिएसँगै देवनारायणलाई छुटाउने पहल शुरु भएको हो ।

देवनारायण र उनका छोरालाई छुटाउन भारतको सुपोल जिल्लाका समकक्षीसँग कुरा भैरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो ।
सुपोलका जिल्ला प्रमुखले आफुले घटनाबारे सबै जानकारी लिएर फेरी कुरा गर्ने बताएको पनि प्रजिअ पाण्डेयले जानकारी दिनुभयो ।
देवनारायणका छोरा अजयले उमेर नपुगेकी भारतीय युवती भगाएको र रक्सी खाएर हल्ला गरेकाले पक्राउ गरेको भारतीय प्रहरीले बताएको प्रजिअ पाण्डेयले जानकारी दिनुभयो । छोरालाई छुटाउन गएका देवनारायणले पनि आफुहरुलाई अपमान गरेको भारतीय प्रहरीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here