काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइपुग्नुभएको छ । उहाँ दुईदिने भ्रमणको क्रममा जनकपुरमा आईपुग्नु भएको हो। भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आज बिहान १०:१५बजे जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको छ । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभएको छ । मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जानुहुने र मन्दिरमा उहाँले विशेष पूजाअर्चना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको छ।

