काठमाडौं,१५ भदौं :भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन्। उनी धार्मिक भ्रमणका लागि नेपाल आएका हुन्।नेता गान्धी नियमित उडानमार्फत शुक्रबार दिउँसो आएका हुन्। उनी मानसरोवर जानका लागि नेपाल आएका हुन्। नेपालगञ्जबाट मुगुहुँदै मानसरोवर जान लागेका हुन्। संयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नै भएका बेला उनी नेपाल आएका हुन्। मोदी आज नै स्वदेश फर्कदैछन्।

