भारतीय उच्च स्तरिय सेनाको टोली किन आउँदै नेपाल ?

काठमाडौं, २८ भदौं– भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली आज नेपाल आउदैँ छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सुर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन गर्न भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा टोली आज नेपाल आउन लागेको हो ।
उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र यही भदौ ३१ गते हुने समापन समारोहमा समेत सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस अभ्यासबाट दुवै देशका सैनिकहरु बीच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको साथै बिपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here