भारतिय बाँध खोल्न प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२८ असार ।  विपद् व्यवस्थापन परिषद्मा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माले भारतीय सीमा क्षेत्रमा रहेका भारतीय बाँधका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने अवस्था आउन नदिन भारतीय पक्षसँग कूटनीतिक पहल गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा पर्न नदिन आवश्यक गृहकार्य गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई निर्देशन दिनुभएको हो । मुलुकमा आइरहेको भीषण बाढीले भारतीय सीमा क्षेत्रमा बनाइएका बाँधहरूका कारण नेपाली भूभाग डुबानमा परेर ठूलो क्षति हुने सम्भावना बढिरहेको छ । प्रधानमन्त्रीले डुवानमा परेको उद्धार तथा राहतमा कुनै कसर नराख्न निर्देशन दिइसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here