काठमाडौं,१४ भदौंः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउनुभएको छ ।
केहि अघि त्रिभुवन विमान स्थलमा अवतरण गर्नुभएका प्रधानमन्त्री मोदीलाई सरकारका तर्फबाट रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । मोदी त्रिभुवन विमानस्थलबाटै पशुपति नाथको दर्शनमा जाने कार्यक्रम रहेको छ ।

