काठमाडौं,२१ असार । साझा पार्टीले विदेशबाट आयात गरिने तरकारी र फलफुल लगायतका खाद्यजन्य वस्तुहरुको बिषादी जाँच पास रोख्ने बारेको समाचारप्रति गंभिर ध्यानाकर्षण जनाएको छ ।
नेपाली बजारका तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुमा जनस्वास्थमा गम्भिर असर पर्ने विषादी र रसायन रहेको भन्ने बारेमा आम जनताको सरोकार रहँदै आएको भन्दै सरकारको कदम गलत भएको भनेको छ ।
पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हट्नु दुर्भाग्यपुर्ण भएको उल्लेख गरेको छ ।

