भारतमा निर्वाचन नेपाली सीमा सास्ती

काठमाडौं,५ बैशाख । भारतसंग सीमा जोडिएका पुर्वका काँकडभिट्टा लगायतका नाका ४८ घण्टाका लागि बन्द हुदा सर्वसाधारण मर्कामा परेका छन् ।

भारतमा आज हुने दोस्रो लोकसभाको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार साँझदेखि ४८ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द गरिएको थियो । समयमा सूचना नुहदा सिमापारी गएका तथा आउदै गरेका सर्बसाधारण अलपत्र परेका छन् ।
भद्रपुरमा रहेको मेची पुलबाट पनि कुनै पनि सवारीसाधन आवतजावत गर्न दिएको छैन । भने पैदल यात्राकालागि पनि आज बिहानैदेखि पूणैरुपमा बन्देज लगाइएको नेपाल प्रहरीका यमकुमार श्रेष्ठले बताउनुभयो । झापासँग जोडिएको भारतको पश्चिम बंगाल र बिहारको सीमावर्ती जिल्लामा आज लोकसभा निर्वाचनमा मतदान हुदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here