भारतमा आज नयाँ बजेट आउँदै

एजेन्सी । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको पहिलो बजेट आज आउँदैछ । सरकारले हिजो बिहीबार संसदमा आर्थिक सर्वेक्षण पेश गरेको थियो । त्यसमा विकास दर ७ प्रतिशत हुने अनुमान गरिएको थियो ।

चुनावको बेलामा दिइएका आश्वासनका कारण भारतको आगामी बजेट कस्तो हुन्छ भन्ने विषयमा निकै चासो देखिएको छ ।
आर्थिक सर्वेक्षणमा सन् २०१९–२० मा घरेलु उत्पादनको वृद्धिदर ७ प्रतिशत हुने अनुमान गरिएको छ ।

भारतको विदेशी मुद्राको सञ्चिती राम्रो भएको र चालु खाता घाटा नियन्त्रित भएको तथा विदेशी ऋण घट्दै गएको जनाइएको छ । सन् २०२५ सम्ममा भारतको अर्थतन्त्र ५ लाख करोड डलरको बनाउने लक्ष्यसमेत लिइएको छ । भारतका वित्तमन्त्री निर्मला सितारमणले आज संसदमा बजेट प्रस्तुत गर्दैछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here