एजेन्सी । भारतको बिहारमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको छ । बाढीबाट १८ लाख मानिस प्रभावित भएका छन् । अविरल वर्षाले भारतको उत्तर प्रदेशमा रहेको बिरपुर बाँधको ढोका खोलेका कारण बिहारमा बाढी प्रवेश गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपालका गण्डकी र बागमती नदीको पानीको स्तर निकै बढेका कारण बिहारको सीतामढी र शिवहरका २ सय गाउँ डुबानमा परेका हुन् । घरभित्र बाढी पसेकाले हजारौं मानिसको जनजीवन प्रभावित भएको छ ।
यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुुका साथै तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । बाढी प्रभावितहरुले भने उचित राहत नपाएको भन्दै सरकारसँग तत्काल राहतको व्यवस्था गर्न माग गरेका छन् ।

