भारतको कोठीबाट पाँच महिलाको उद्धार

web

काठमाडाैँ, १९ माघ। भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका पाँच महिलाको उद्धार गरिएको छ । सिन्धुपाल्चोक नुवाकोटबाट लगिएका महिलाहरूलाई उद्धार गरिएको माइती इण्डियाले जानकारी गराएको हाे ।

वेश्यालयबाट उद्धार गरिएका महिलाहरूको कानुनी प्रक्रिया पूरा नभएकाले १ वर्षदेखि भारतीय सरकारको संरक्षण गृहमा राखिएको थियो ।

भारतमा नक्कली कागजात पेस गरी दलालहरूले आफन्त भनी पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकाले कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काउने माइती इण्डियाले जनाएको छ ।

उद्धार गरिएका पीडित महिलाहरुको डिएनए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी नेपाल फर्काइने छ । माइती इन्डियाको संरक्षणमा रहेका पीडित महिलाहरूलाई अदालतको प्रक्रिया पूरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here