नेपालगन्ज (बाँके)१६,फाल्गुन
नेपालगञ्जको करकादो स्थित भाट – भाटेनी सुपर मार्केटको आज विधिवत रूपमा कम्पनीका प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ्ग ले सुभारम्भ गरेका हुन्। ग्राहक को समयलाई ख्याल गरी सबै सामान सुपर मार्केटमा उपलब्ध हुने भएकोले सञ्चालन गरीको वताए।देशको आर्थिक सम्बृद्धि मा सहयोग पुग्ने र नजिककै को भारतीय बजारलाई निरुसाहित गर्ने , सबै खालका वस्तु पाउने गरी सञ्चालन गरिएको बताए।बाँकेको नेपालगञ्जमा साचालन गरिएको सुपर मार्केट देशको अठारौं नम्बरको रहेको छ।यसको कुल लागत १अर्ब ५०करोड रहेको वताए। सो सुपर मार्केटमा काम गर्ने कर्मचारी पाँच सय जना रहेको यसका प्रबन्धक निर्देशकले मिडियालाई जानकारी गराए।

