भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या

एजेन्सी– भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् ।

मृतकका पिता चन्द्रेश्वर दासका अनुसार जेठो छोरा सन्तोषको मृत्युपछि विधवा बुहारी रुवीदेवीको विवाह महादेवसँग गराइएको हो ।

सन्तोषको मृत्युपछि राहतस्वरुप पाएको ८० हजार रुपैयाँ बुहारी रुवीको माइतीपक्षले माग्दै आएका थिए । माइती पक्षले या त राहत रकम दिनुपर्ने या अर्को छोरासँग रुवीको बिहे गराइदिनुपर्ने भन्दै लगातार दबाब दिएपछि देवर–भाउजुको बिहे गराइदिने निधो गरिएको चन्द्रेश्वरले बताए ।

‘छोरा महादेवले भाउजुसँग बिहे गर्न मानेको थिएन,’ पिता चन्द्रेश्वरले भने, ‘तर परिवारले दबाब दिएपछि उसले बिहे गरेको थियो, बिहेकै रात आत्महत्या गरेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here