भरतपुर महानगरमा एमाले जनप्रतिनिधिले लिए सपथ

काठमाडौँ, २३ साउन-मतपत्र च्याँत्नेसँगै बसेर हिजो सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले आज अलग्गै सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका निर्वा्चित १४ मध्ये १२ जना वडाध्यक्षले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएर प्रमाणपत्र दिनु भयो ।

सपथ कार्यक्रममा एमाले जिल्ला नेताहरु सहभागी भएपनि मेयर रेणु दाहाल अनुपस्थित हुनु हुन्थ्यो । वडा सदस्यहरुले भने मेयरबाटै सपथ लिनुपर्ने व्यवस्था छ ।

मेयर रेणु दाहाल अनुपस्थित भएकाले एमालेबाट निर्वा्चित वडा सदस्यहरुले सपथ लिन बाँकी छ । एमाले वडाध्यक्षहरुले आज नै कार्यभार सम्हालेका छन् ।

वडा नः ४ र ७ का वडाध्यक्षको सपथ लिन पाएनन् । पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका छन् । र, जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन अन्तरिम आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here