काठमाडौँ, १० माघ। सीमावर्ती भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याइएको १ लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
ससस्त्र प्रहरीले वीरगञ्जको भकुवा नाका, रजतजयन्ती चोक र छपकैयामा सुरक्षा जाँचका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो । भन्सार छलेर साइकलमा ल्याउँदै गरेको लत्ताकपडा, मोटर पार्टस, स्टेशनरी सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले बताउनु भयो।

