भद्र र रुपसी गैंडाका चार केटा चीन जाने साइत जुर्यो

काठमाडौं,२२ असारःचितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् ।तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा)मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।

नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ, आजको नागरिक दैनिकमा समाचार छापिएको छ । चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ ।  समाचार अनुसार, यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here